Suvadin, Home
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुई विमान एकापसमा ठोक्किँएका छन् ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुई विमान एकापसमा ठोक्किँएका छन् ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्स र यति एयरलायन्सको विमान एका आपसमा ठोकिएका हुन् । श्रीको वमिानले यतिको विमानलाई ग्राउण्ड ह्याण्डलिङका क्रममा पछाडिबाट ठक्कर दिएको विमानस्थलका एक कर्मचारीले बताए । 

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किँएको बताइएको छ । दुवै विमानमा सामान्य क्षति पुगेको  छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका थिए ।


 

More form the Internet

loading...