Suvadin, Home

Cover Image

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई घण्टा उडान रोकियो

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। उनका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो।

काठमाडौं, २४ पुस – सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ। 

विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए। 

उनका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा समस्या आएको थियो।

लगत्तै विमानस्थलका प्राविधिकले मर्मत गरेका थिए। प्राविधिक मर्मतपछि बिहान ११ बजेदेखि नियमित उडान भइरहेको महाप्रबन्धक क्षेत्रीको भनाइ छ। 

“सञ्चार प्रणालीमा लाइन सर्ट भएपछि समस्या आएको हो। टावर ठीकै थियो। हाम्रा इञ्जिनीयरले मर्मत गरेपछि सेवा सञ्चालन भएको छ। एक घण्टा ४० मिनेट जति मात्र उडान रोकियो। अवतरणमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा समस्या थिएन”, उनले भने। 


 

More form the Internet

loading...