Suvadin, Home

शुभ तिहार
पाँच दिनसम्म यसरी मनाइन्छ ‘उज्यालो पर्व’ तिहार 

विजयादशमीपछिको अर्का ठूलो चाड तिहार नेपालीहरूको घरआँगनमा छ। आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजा। यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ। तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं। 
शुभ तिहार।

काठमाडाैं, कात्तिक २– विजयादशमीपछिको अर्का ठूलो चाड तिहार नेपालीहरूको घरआँगनमा छ। आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजा। यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ।

तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं। 

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधासँग मनाउँछन्  यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ। पञ्चकको सुरूदेखि नै बहिनीले आफ्ना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन्।

तिहारका यी पाँच दिन काग तिहार, कुकुर तिहार, गाइ तिहार र गोवर्धन पूजा अर्थात् गोरु तिहार र भाई टीका अर्थात् भाई तिहार पर्दछन। यी पाँचै दिनका आ–आफ्नै विशेषता छन्।

काग तिहार
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। जसलाई काग तिहार भनिन्छ।  अत्यन्त चलाख पंक्षी मानिएको कागलाई यमराजको सन्देश सुनाउने यमदूतको प्रतीक समेत मानिन्छ।

कागले अन्नबालीमा लाग्ने कीराहरू खाइदिएर कृषकको अन्नबाली नोक्सानी हुनबाट जोगाउँछ।

फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन बफादार जनावर कुकुरको पूजा गरिन्छ।  घरको रक्षक र यमराजको दूतसमेत रहेको कुकुरको पूजा गर्दै कुकुर तिहार मनाइन्छ। यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ।

घरको आज्ञापालक र रक्षक कुकुरले प्राकृतिक प्रकोप वा विपत्तिका बेला पनि सूचना दिन्छ । भैरवको बाहन कुकुरलाई मन पर्ने खानेकुरा दिई फूलको माला लगाई यसदिन पूजा गरिन्छ ।

गाई तिहार, लक्ष्मी पूजा
हिन्दु धर्मावलम्बीहरु गाईलाई लक्ष्मी वा गौमाता मान्छन। लक्ष्मीलाई धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानिन्छ। कात्तिक कृष्ण औंसीको रात अन्धकारमय हुन्छ।

यो कालरात्रिलाई उज्यालो बनाउन घर–घरमा बत्ती बालेर लक्ष्मीको आह्वान गर्ने गरिन्छ। लक्ष्मीको प्रतीक गाईको सोही दिन पूजा हुन्छ।

गाईको गहुँत वा गोबरको प्रयोगले कुनै पनि धार्मिक कामलाई पवित्र बनाउने हिन्दु संस्कार छ। गाउँघरतिर गाईको गोबरले घर–आँगन लिप्ने तथा कोठा र चोटामा गहुँत छर्किएर ती स्थानलाई पवित्र तुल्याउने गरिएको छ । यही दिन धनधान्यकी देवी लक्ष्मीको पूजा हुन्छ। चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्न थाल्छन् । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ।


गोवर्धन पूजा
पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे। गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए।

कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन्। भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो।

संस्कृतमा गौ भनेको गाई हो। त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ। वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।

भाइ तिहार 
तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ। चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन्।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन्। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ।

तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन्। उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन्।

दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ। मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियै रहिरहन्छ।
  


 

More form the Internet

loading...