Suvadin, Home

टिपरको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा टिपरमा अागजनी

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ। घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पुर्याएको छ।

बनेपा, ७ साउन – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा सोमबार मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। मृतकको नाम भने खुल्न नसकेको जनाइएको छ।

घटना भएलगत्तै आक्रोशित भीडले टिपरमा आगो लगाउँदा पूर्णरुपमा जल्नाका साथै भीडले चारदोबाटो चोकमा रहेको प्रहरी बिटमा समेत क्षति पुर्याएको छ।

प्रहरीले दमकलको सहायताले टिपरमा लागेको आगो निभाएको थियो। प्रहरीले टिपर, त्यसका चालक नुवाकोट विदुर नगरपालिका–१ बस्ने २९ वर्षीय सुधन श्रेष्ठ तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ।


 

More form the Internet

loading...