Suvadin, Home

Cover Image

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौं । एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी भेगका बासिन्दालाई सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने, ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा बदली भइरहेको छ र यो क्रम रातिसम्म नै रहन्छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो । अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उनको भनाइ छ ।

तराइमा भने सोमबार पनि शनिबार र आइतबारजस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताए । केही दिनदेखि बढिरहेको गर्मीका कारण तराई क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । गर्मी बढेपछि तराइका धेरै ठाउँमा विद्यालय बन्द गरिएको छ ।


 

More form the Internet

loading...