Suvadin, Home

Cover Image

आजको मौसम : पूर्वी पहाडी क्षेत्रमा वर्षा, केही स्थानमा चट्‍याङ्गको सम्भावना

काठमाडौं । देशका पूर्वी पहाडी र पश्चिमी तराईका भू-भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको छ। मनसुनको न्यून चापिय रेखा उत्तर-पश्चिमतिर सर्ने क्रममा छ।

देशका धेरैजसो स्थानमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै केही स्थानमा चट्याङ्ग पर्ने सम्भावना पनि छ ।

काठमाडौँ उपत्यकामा बिहानै घाम लागेको भए पनि अपराहन्नपछि बदली भइ केहीबेर पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

बुधबार राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको र पश्चिमी छेउ उत्तर तिर सर्ने क्रम जारी रहेको छ । यस्तै पूर्वी नेपाल नजिक न्यून चापीय प्रणाली बनेकाले त्यसको प्रभाव पूर्व र मध्य क्षेत्रमा पर्ने छ ।


 

More form the Internet

loading...