Suvadin, Home

रातभर वर्षा, आज पनि मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मुलुकभर मंगलबार राति भारी वर्षा भएको छ । बुधबार पनि देशका केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थानभन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित भएको उल्लेख छ। बंगालको खाडीको उत्तर - पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा हुनेछ। थोरै स्थानहरुमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
 
राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 


 

More form the Internet

loading...