Suvadin, Home

यस्तो छ दिनभर देशभरको मौसमी अवस्थाको पूर्वानुमान 

काठमाडौं । देशभरका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार दिनभर देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पूर्व र मध्यका पहाडी तथा पश्चिमका केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्य वर्षा हुने जनाइएको छ ।

यस्तै राति पनि देशभरको मौसम सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जन तथा चट्यांगसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
 


 

More form the Internet

loading...