Suvadin, Home

मौसम सामान्य बदली, पूर्वका केही स्थानमा हल्का वर्षा 

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । मध्य र पहाडी क्षेत्रका साथै पूर्वका केहिस्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ। 

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरि आंसिकदेखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति देशको मध्य तथा पुर्वी भुभागमा आंसिकदेखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 


 

More form the Internet

loading...