Suvadin, Home

आजको मौसमः हावाहुरीसहित हिमपात र वर्षाको सम्भावना

काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने र यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

बुधबार बाट सुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
 


 

More form the Internet

loading...