Suvadin, Home

यस्तो छ आजको मौसम 

काठमाडौं ।  मनसुनी गतिविधिको सक्रियता कम रहेकाले देशभरको मौसम पूर्ण बदली नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

हाल देशका अधिकांश स्थानमा सामान्यतया बदली भएको छ । थोरै स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्था रहेको मौसमविदले बताएका छन् ।


 

More form the Internet

loading...