Suvadin, Home

आज देशभर सामान्य बदली रहने, यस्तो छ तीन दिनको मौसमी अवस्था

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको जनाएको छ । जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।

हाल देशभरी आंशिकदेखि सामान्य बदली भइरहेको जनाइएको छ । महाशाखाका अनुसार केही स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना रहेको जनाइएको छ । मंगलबार राति देशैभर आंशिकदेखि पुर्ण बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा भने मध्यमदेखि भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा हुने संभावना छ । पश्चिमि पहाडी भूभागका एक–दुई स्थानमा मध्यमदेखि भारि वर्षाको संभावना छ । बुधबार राति पनि केही स्थानमा वर्षा हुने संभावना छ ।

बिहीबार दिउँसो पनि केही स्थानमा वर्षा हुने संभावना छ । बुधबार राति भने देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।

तीन दिने मौसमी अनुमान यस्तो छ:

साउन १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

साउन १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १६ गते (बिहीबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।


 

More form the Internet

loading...