Suvadin, Home

 नयाँ वर्षको पहिलो दिन यस्तो छ मौसमी अवस्था 

काठमाडौं । देशभर सोमबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पूर्वी र मध्यका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै सोमबार राति देशको पहाडि भूभागमा आँशिक देखि सामान्य बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आँशिक बदली रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमि वायुको समेत आंशिक प्रभाव रहेको छ।


 

More form the Internet

loading...