Suvadin, Home

शुभदिन रिमाण्डर
सबैभन्दा रूचाइएका उत्कृष्ट छ श्रृजनाकथाहरू

कुनै रचना हाेस या संगीत अथावा चिजबस्तु। हरेककाे श्रृजनाकाे अा-अाफ्नै कथा हुन्छ। काेही कसैकाे प्रेरणाबाट श्रृजित हुन्छन् त काेही लामाे साधनाकाे परिणाम हुन्छन्। विशेषगरी संगीत रचनाका क्रममा गायकगायिका तथा संगीतकारहरू चर्चामा अाउँछन् तर रचनाकारहरू भने उनीहरूकाे छायाँमा परेका हुन्छन्। शुभदिनकाे श्रृजनाकथा स्तम्भले तीनै छायाँमा परेका श्रृजनाकारहरूका रचनाका ती राेचक अनुभवलार्इ समेट्दै अाएकाे छ। जसमध्ये अाज हामीले प्रकाशित केही प्रतिनिधी रचनाकथाहरूलार्इ पुनप्रकाशित गरेका छाै।

यस्ताे छ विश्वकै ठूला कम्पनीका लोगो निर्माणकाे चिसाे सत्य 

अहिलेकाे विश्वमा मार्केटिङ मार्फत अाफ्नाे ब्राण्ड स्थापित गर्नु कम्पनीहरूकाे प्राथमिकतामा पर्ने गरेकाे छ। कम्पनीहरूकाे पहिलाे पहिचान भनेकाे उनीहरूले प्रयाेग गर्ने लाेगाे हाे। लाेगाे निर्माणका क्रममा त्यसभित्र विभिन्न कथाहरू लुकेका हुन्छन्। लाेगाेमा प्रयाेग भएका हरएक संकेतकाे अाफ्नै विशिष्ट अर्थ हुन्छ। हामीले यहाँ विश्वका केही प्रतिष्ठित कम्पनीहरू लाेगाेहरू निर्माण पछाडीका सत्यकथाहरू पस्किएका छाै।

 

मलेसियामा जन्मिएको रेकर्ड ब्रेकर ‘सडक’

मलेसियामा काम गर्ने क्रममा मसँग जतिखेर पनि एउटा कलम र एउटा डायरी हुन्थ्यो। मेरो दिमागमा जतिखेर शब्द फुर्यो म त्यतिखेरै कापीमा टिपी हाल्थे पछि कोठामा गएर त्यसलाई पुर्णता दिन्थे। सडक प्रकाशनमा आएदेखि नै चर्चामा रह्यो। यो पुस्तक नेपाली गजल ईतिहासमा सर्बाधिक बिक्री भएको पुस्तकका रुपमा स्थापित हुन सफल भयो। यसलाई नेपाली गजल क्षेत्रको बजारको टर्निङ प्वाइन्टका रुपमा पनि लिईन्छ।

रेडियाे नेपालमा ‘रिजेक्ट’ भएकाे राइझुमा..

पहिलोपटक रेकर्ड गर्न गएका उपाध्यायलाई त्यही परिक्षामा फेल गराइयो। ‘मेरो भाका राम्रो भएन्, अर्को भाका लिएर आउँ भन्दै फर्काइयो,’ पहिलो पटक राइझुमा रेकर्ड गर्न रेडियो नेपाल पुगेको अनुभव सुनाउँदै उपाध्यायले भने, ‘मलाई त्यहाबाट हतोत्साहित पार्दै नयाँ भाका ल्याउनुस भनि फर्काइएयोे।’

 

ठमेलमा फुरेको ‘लैजाउ मायाँ पोको पारेर...’

नयाँ बर्षको माहौल थियो। एक साँझ गायक तथा म्युजिक डाइरेक्टर दीपक आरजे ठमेलतिर डुलिरहेका थिए। बाटोको छेउमै रहेको एउटा पसलमा एक जोडी युवायुवतीहरुले केही किनिरहेका थिए। सोही क्रममा उनीहरु बिच भएको एउटा संम्वादले उनको ध्यान खिच्यो। युवतीलाई समान दिदैं युवक भनिरहेका थिए, ‘लौ यो तिम्रो सामान लैजाउँ, पोको पारेर।’ यही संम्वादको प्रेरणामा पछिल्लो बर्षको सुपरहिट चलचित्र ‘लप्पन छप्पन’ को सुपरहिट गीत ‘पोको पारेर’ जन्मियो।

सातबर्षपछि भरत सिटौलाको बेचैनी टूटाएकाे ‘बैशमा’

जागिरे जीवन सुरु गरेपछि स्रोतासँगको उनको कनेक्शन टुटेको थियो। जागिरका क्रममा केही चलचित्रको संगीतमा उनले काम नगरेका हैनन् तर त्यसले उनको मनको चाहलाई सम्बोधन गर्न सकेन्। कसरी म्युजिकमा पुरानै क्रेजमा पुनरागमन गर्ने होला भन्ने सोच्नेक्रममा एकदिन अफिसबाट घर फर्कने क्रममा उनलाई ‘बैशमा’ गीतमा गीतको मेलोडी फुर्यो। जसले सिटाैलालार्इ नेपाली संगीतमा पुरानै प्रभावका साथ स्थापित गर्याे। 

श्रीमतीको उपहार– ‘मायाँले बोलेको बोली मिठो भो’

गीतकार हर्कुलस बस्नेत काठमाडाैं बानेश्वरबाट श्रीमती बैंकर उर्मिला गुरुङ्गका साथ शंखमुल घरतिर माेटरसाइकलमा हुँइकिरहेका थिए। साेहीक्रममा श्रीमती गुरुङ्गका मनमा उब्जिएका केही शब्दहरू उनले  बस्नेतलार्इ सुनाइन्। जुन यस्तो थियो, ‘मायाले बोलेको बोली मिठो भो।’

श्रृजनाकथाका अन्य श्रृखंलाका लागिः https://suvadin.com/tags/srijanakatha मा क्लिक गर्नुहाेला।


 

More form the Internet

loading...