Suvadin, Home

हिमपहिरोमा हराएका विदेशी पर्यटक मृत फेला

बिहीबारदेखि बेपत्ता नेदरल्यान्डका नागरिक भिनसेन्ट ब्लुमको शव शनिबार बिहान ११ बजेतिर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा फेला परेको हो। उनको उमेर करिब ४० वर्ष रहेको मनाङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

मनाङ, २५ फागुन - मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर हराइरहेका नेदरल्यान्डका नागरिक मृत फेला परेका छन्। 

बिहीबारदेखि बेपत्ता नेदरल्यान्डका नागरिक भिनसेन्ट ब्लुमको शव शनिबार बिहान ११ बजेतिर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा फेला परेको हो। उनको उमेर करिब ४० वर्ष रहेको मनाङ जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

यसअघि उनीसँगै अन्नपूर्ण पदयात्रामा गएका धादिङको गंगाजमुना गाउँपालिका घर भएका गाइड २५ वर्षीय अजय ढकालको शव शुक्रबार साँझ नै फेला परिसकेको छ। 

ढकालकै शव भेटिएको स्थानमा नेदरल्यान्डका नागरिकको शव पनि हिउँले पुरिएको अवस्थामा शनिबार बिहान फेला परेको मनाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए। त्यसलगत्तै खोजी कार्य सुरु गरिएको थियो।


 

More form the Internet

loading...