Suvadin, Home

राजनीतिक स्थायित्वकाे सन्देश प्रवाह हुँदा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धि

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आर्थिक वर्ष २०७२–७३ मा वर्षभरिमा ८७ हजार ३ सय ९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताएका छन्।

चितवन, चैत  १४ – चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ। निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३ सय ५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन्। गत आर्थिक वर्षकाे यसै अवधिमा ८८ हजार ७ सय २७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। 

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आर्थिक वर्ष २०७२–७३ मा वर्षभरिमा ८७ हजार ३ सय ९१ जनामात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। 

विगत तीनवर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या वृद्धि भएको अर्यालले बताएका छन्। चालू आर्थिक वर्षको फागुनसम्ममा विदेशी ६५ हजार ८४, सार्क मुलुकका ८९ हजार ७० र नेपाली २१ हजार ३ सय ६६ जना निकुञ्ज प्रवेश गरेका छन्।

गत आर्थिक वर्षमा ८७ हजार १ सय ९० विदेशी, १५ हजार ८ सय ७९ सार्क मुलुकका र ३६ हजार ५६ नेपाली पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। गत आव भरमा एक लाख ३९ हजार १ सय २५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। 

हालसम्मकै सबैभन्दा बढी आर्थिक वर्ष २०७१–७२ मा एक लाख ७८ हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए। त्यसपछि भूकम्प, नाकाबन्दीलगायतका कारण पर्यटकको संख्यामा कमी आएको थियो। 

अर्यालले अन्तर्राष्ट्रिय जगत्मा नेपालमा भएको शान्ति र राजनीतिक स्थायित्वको सन्देश पुगेकै कारण क्रमशः पर्यटक बढ्दै गएको बताएका छन्। विश्वमै दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघजस्ता जनावर हेर्न पाउने भएकाले यहाँ पर्यटक आउने गर्दछन्। 


 

More form the Internet

loading...