Suvadin, Home

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

बिहिवार बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज १ त ५५४१ नम्बरकाे ट्रयाक्टरले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। 
प्रतिकात्मक तस्वीर।

महोत्तरी, ६ पुस – महोत्तरीको गौशालामा ट्रयाक्टरले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ।

बिहिवार बिहान गौशाला नगरपालिका–११ लक्ष्मीनियाँमा ज १ त ५५४१ नम्बरकाे ट्रयाक्टररले ठक्कर दिँदा स्थानीय १२ वर्षीया अञ्जलीकुमारी महतोको मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित हुँदा बाटोको छेउमा रहेको महतोलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

ट्रयाक्टर चालक फरार रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिएका छन्।


 

More form the Internet

loading...