Suvadin, Home

एस्काभेटरसहित ट्याक्टर पक्राउ

पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए।

दाङ, चैत १९ – जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले आइतबार घोराही उपमहानगरपालिका–४ को पालुधान र रानीदमारबाट अवैध रुपमा ढुंगा निकास गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्र्याक्टरलाई पक्राउ गरेको छ।

पक्राउ गरेका ट्र्याक्ट्रर जिल्ला समन्वय समितिमा राखिएको छ । नियन्त्रणमा लिएका स्काभेटर र ट्र्याक्टरलाई कानूनी कारबाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए।

त्यस क्षेत्रमा ठेकेदार वसन्त कुँवरले अवैध रुपमा ढुंगा निकासी गर्ने गरेको स्थानीयवासीले बताएका छन्। अवैध रुपमा गरेको ढुंगा उत्खननले गाउँमा जाने सडकसमेत भत्किएको छ।

खोला पनि खण्डर भएको छ। प्रजिअ तथा जिल्ला अनुगमन समतिका संयोजक प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठका अनुसार त्यस क्षेत्रबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको बताए।

‘‘खोलाबाट अवैधानिक रुपमा ढुंगा उत्खनन र चोरी भएको अनुगमनमा फेला परेको छ’’, प्रजिअ श्रेष्ठले भने, “आवश्यक कानूनी कारबाही हुन्छ।”


 

More form the Internet

loading...