Suvadin, Home

सडक सुरक्षालाई थप प्रभावकारी बनाइँदै

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ। महाशाखाले सडक सुरक्षा थप प्रभावकारी बनाउन बिहीबारबाट सवारी साधनबाटै चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

काठमाडौं, माघ १३ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ। महाशाखाले सडक सुरक्षा थप प्रभावकारी बनाउन बिहीबारबाट सवारी साधनबाटै चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमको सुरुवात गर्दै काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जनचेतना अभावले बर्सेनी हजारौं मानिसको ज्यान जाने गरेकाले दुर्घटना न्यूनीकरणका लागि जनचेतनामा जोड दिइएको बताए।

उनले सवारी प्रयोगकर्ता र सर्वसाधारणलाई जनचेतना दिएर दुर्घटना न्यूनिकरण गर्न कार्यक्रम प्रभावकारी हुने पनि उल्लेख गरे। कार्यकारी अधिकृत तामाङले ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन महानगरपालिकाको सहयोगमा ३१ स्थानमा ट्राफिक बत्ती जडान गर्न लागिएको जानकारी दिएका थिए।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले ट्राफिक जनचेतना जगाउन सर्वसाधारण नै सचेत हुनुपर्ने बताए। सर्वसाधारणको सुरक्षाका लागि ट्राफिक जनचेतना सहयोगी हुने विश्वास उनको थियो। महाशाखाले सर्वसाधारणको भीड बढी हुने ठाउँमा ट्राफिक जनचेतनासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ।

महाशाखाले सेवा दिन आवश्यक परेको क्षेत्रको अध्ययन गरी दैनिक फरकफरक स्थानमा सेवा सञ्चालन गर्ने कार्ययोजना पनि बनाएको छ।


 

More form the Internet

loading...