Suvadin, Home

एकान्तकुनामा भएको स्कुटर दुर्घटना ट्राफिक प्रहरीको मृत्यु

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गत राति साढे ९ बजे दुर्घटना भएको हो। उनलार्इ सडकमा लडिरहेको अवस्थामा बा १६ च ६८०२ नम्बरको कारका चालकले भेटाएर अल्का अस्पताल जावलाखेल पुर्‍याएका थिए।

काठमाडौं, १७ मंसिर – ललितपुरको एकान्तकुनामा गत राति भएको स्कुटर दुर्घटनामा एक ट्राफिक प्रहरीले ज्यान गुमाएका छन्। महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको स्कुटर गत राति साढे ९ बजे दुर्घटना भएको हो। उनलार्इ सडकमा लडिरहेको अवस्थामा बा १६ च ६८०२ नम्बरको कारका चालकले भेटाएर अल्का अस्पताल जावलाखेल पुर्‍याएका थिए।

कँडेलको उपचारको क्रममा राति १० बजे मृत्यु भएको हो। दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

More form the Internet

loading...