Suvadin, Home

सावधान!
अब ट्राफिक नियम उल्लङघन गरे राडरले समाउने छ

अहिले सम्म ट्राफिक नियम उल्लङघन गर्नेलार्इ धेरै जसाे कारबाइमा परिसकेका छन्। यस मेसिनले ३५ मिनेटमा ३३ किमि पार गर्नु पर्ने नियमलार्इ पछ्याउछ त्यस तेकिएकाे समय उल्लङघन गरे चालक कारवाहिमा पर्ने छन्। प्रहरी उपरीक्षकका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ। उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ। 

काठमाडाैं, साउन १३ – चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभर्टेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ।

तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षकले जानकारी दिए।

अहिले सम्म ट्राफिक नियम उल्लङघन गर्नेलार्इ धेरै जसाे कारबाइमा परिसकेका छन्। यस मेसिनले ३५ मिनेटमा ३३ किमि पार गर्नु पर्ने नियमलार्इ पछ्याउछ त्यस तेकिएकाे समय उल्लङघन गरे चालक कारवाहिमा पर्ने छन्।

प्रहरी उपरीक्षकका अनुसार ठाउँठाउँमा चेकजाँच गर्ने, सम्झाउने काममा प्रहरीलाई आइतबारदेखि नै खटाइएको छ। उक्त सडकमा अहिले सबै क्षेत्रमा बार बनिनसकेको, पुलसमेत जीर्ण रहेको र माथिबाट पहिरो खस्ने हुँदा जोखिम कायमै छ। 

सवारी चालकले ट्राफिक नियम जान्दाजान्दै पनि लापर्बाही गर्नु विडम्बना भएको प्रहरी उपरीक्षकले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ मुग्लिक सडकखण्डमा ‘समय कार्ड’ नै उपलब्ध गराएर गाडी पास गराउने तयारी गरिएको छ। यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीको भनाइ छ।

 


 

More form the Internet

loading...