Suvadin, Home

परिवर्तित शासकीय संरचनामा मिडीयाको भूमिकाबारे अन्तरक्रिया

उनले संघिय संरचना अनुरुप स्थानीय तहमा पनि सरकार सरह अधिकार सम्पन्न विभिन्न निति नियम तथा योजना कार्यान्वयनको चरणमा रहेकोले पत्रकारले थप सक्रिय हुनुपर्ने बताए। साथै समाचारले स्थानीयलाई सुचित हुने तथा सम्बन्धित निकायलाई खबरदार गराउन सुचना सम्प्रेषण गराउनु पर्ने उल्लेख गरे।

महेन्द्रनगर, १ मंसिर – सञ्चार प्रतिष्ठान कैलालीद्वारा परिवर्तित शासकिय संरचना र मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ। शनिबार कञ्चनपुरका विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार सहभागी गराई उक्त विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो।

सञ्चार प्रतिष्ठान कैलालीको आयोजनामा भएको कार्यक्रममा नेपल पत्रकार महासंघक पुर्व अध्यक्ष  ध्रमेन्द्र झा प्रमुख प्रशिक्षक रहेका थिए। पुर्व अध्यक्ष झाले समसामयीक अवस्थामा गर्न सकिने रिपोर्टीका मुद्धाका बारेमा जनकारी गराएको थिए।

उनले संघिय संरचना अनुरुप स्थानीय तहमा पनि सरकार सरह अधिकार सम्पन्न विभिन्न निति नियम तथा योजना कार्यान्वयनको चरणमा रहेकोले पत्रकारले थप सक्रिय हुनुपर्ने बताए। साथै समाचारले स्थानीयलाई सुचित हुने तथा सम्बन्धित निकायलाई खबरदार गराउन सुचना सम्प्रेषण गराउनु पर्ने उल्लेख गरे।

नयाँ संरचनामा मिडियाको भुमीका, रिर्पोटीङ्का विधा तथा क्षेत्रलगातका विषयमा सहभगी पत्रकारलाई प्रशिक्षण गराइएको थियो। कार्यक्रममा ३० जना पत्रकारले सहभागीता जनाएका थिए। सञ्चार प्रतिष्ठानले देशका १२ वटा जिल्लामा उत्त कार्यक्रम लैजाने योजना बनाएको जनाएको छ।


 

More form the Internet

loading...