Suvadin, Home

लामो दूरीका सार्वजनिक गाडी आजदेखि नचल्ने

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप नेपालमा पनि सार्वजनिक गतिविधि धेरै हदसम्म सीमित पारिएको छ ।

यसै अन्तर्गत सोमबारदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । केही दिनका लागि यो नियम लागु भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने जोखिम बढेको र यसले त्रास पनि निम्त्याएको भन्दै सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको हो ।

सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधान चल्न पाउने छैनन् । सरकारले लामो दूरीको परिभाषामा २५० किलोमिटर भन्दा लामो दूरीलाई राखेको छ । यसको अर्थ २५० वा त्यो भन्दा कम दूरीको यात्रा गर्ने सवारी साधान भने चल्न पाउने छन् ।

तर एक जिल्लाबाट अर्को जिल्ला भने जान नपाउने यातायात व्यवस्था विभागले जनाएको छ । एउटै जिल्ला भित्र चल्ने सवारी साधानमा कुनै रोक लगाइएको छैन ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्था बन्द भएको छ । त्यसपछि काठमाडौँबाट आइतबारसम्म ९ लाख भन्दा बढी यात्रु काठमाडौँ बाहिर गएका छन् ।


 

More form the Internet

loading...