Suvadin, Home

आइजिपी नियुक्तिको बिरोध

सरकारले वरियता मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गरेको भन्दै आइतबार माइतीघर मण्डलामा भेला भएका युवाले चर्को बिरोध गरेका छन् । नेपाल प्रहरीको वरियता अनुसार वरिष्ठ अधिकृतलाई महानिरीक्षक नियुक्ति नगरिएको भन्दै उनीहरुले बिरोध गरेका हुन्।

काठमाडौं, फागुन १ -  सरकारले वरियता मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गरेको भन्दै आइतबार माइतीघर मण्डलामा भेला भएका युवाले चर्को बिरोध गरेका छन् । नेपाल प्रहरीको वरियता अनुसार वरिष्ठ अधिकृतलाई महानिरीक्षक नियुक्ति नगरिएको भन्दै उनीहरुले बिरोध गरेका हुन्।

नेपाल प्रहरीजस्तो संस्थामा राजनीतिक नेतृत्वले विभिन्न प्रलोभनमा परेर कनिष्ठ प्रहरी अधिकृतलाई महानिरीक्षक नियुक्ति गरेको उनीहरुको आरोप छ । युवाले स्वार्थ पूरा गर्न वरियता मिच्दा समग्र प्रहरी प्रशासनको मनोबल बिग्रने भन्दै निर्णय सच्याउनसमेत सरकारको ध्यााकर्षण गराएका छन्।

लोकतन्त्रको मुल्य मान्यता विपरीत गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो राजनीतिक उद्धेश्य पूरा गर्न तेस्रो वरियतामा रहेका वरिष्ठ प्रहरी अधिकृतलाई महानिरीक्षक नियुक्त गरेको उनीहरुको आरोप छ।

राजनीतिक संस्कृति र विभिन्न प्रलोभनमा गलत मानिसलाई अवसर दिएर विधिको शासनको उल्लंघन भएको विरोध प्रर्दशनका सहभागी युवाको गुनासो छ । सरकारले आइतबार तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षकमा नियुक्त गरेको छ।


 

More form the Internet

loading...