Suvadin, Home

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ मृत्यु हुनेको संख्या पाँच पुगेकाे छ। चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ।

भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको हो। दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।


 

More form the Internet

loading...