Suvadin, Home

त्रिशुली नदिमा खसेकाे ४५ मिनेटपछि सकुशल उद्धार

 इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो । बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८.३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ ।
त्रिशुली नदि।

रत्ननगर (चितवन), असार १८ - इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको हो । 

बिहेका लागि काठमाडाँैबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नंको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी आएपछि प्रहरीले खोजी सुरु गरेको थियो । 

बिहान ५ बजेर ४५ मिनेटमा लडेका उनको करिब ८.३० बजे उद्धार गरिएको मुग्लिन प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ । चाप परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडक छेउबाट चिप्लिएर लडेका थिए । अग्लो भिर रहेकाले डोरीको सहायतामा प्रहरीले उनको उद्धार गरेको हो । रासस 


 

More form the Internet

loading...