Suvadin, Home

ट्रकको ठक्करबाट २ को मृत्यु

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नम्बरको ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। उनीहरुको सनाखत हुन सकेको छैन। वीरगञ्जबाट इँटा बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो।
सांकेतिक तस्वीर

चितवन, ५ भदौ – ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नम्बरको ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। उनीहरुको सनाखत हुन सकेको छैन।

वीरगञ्जबाट इँटा बोकेर काठमाडौंतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो।

यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ। भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो।

घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


 

More form the Internet

loading...