Suvadin, Home

अनिश्चित कालका लागि सर्‍यो स्ववियु चुनावको मिति

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सारेको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि चुनावको  मिति सारेको हो ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर मगरका अनुसार नयाँ सूचना सार्वजनिक नहुँदासम्मका लागि मिति सारिएको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थीसँग त्रिवि समितिबीच फागुनभित्रै चुनाव गर्ने सहमति पुस २० गते भएको थियो ।  यसअघि २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । त्यतिखेर निर्वाचित पदाधिकारीको दुई वर्षे कार्यकाल सकिएपछि आगामी फागुन १३ गतेसम्म मात्र थप गरिएको छ ।


 

More form the Internet

loading...