Suvadin, Home

Cover Image

प्रश्‍नपत्र नमिलेको भन्दै त्रिवि सेवा आयोगको परीक्षा बहिष्कार 

ललितपुर । त्रिवि सेवा आयोगको उपप्राध्यापक पदमा मङ्गलबार भएको लिखित परीक्षा परीक्षार्थीहरुले बहिस्कार गरेका छन् । कम्प्युटर विज्ञानको पहिलो पत्र (दोस्रो खण्ड)को विषयगत परीक्षाको प्रश्नपत्र नमिलेको भन्दै परीक्षा बहिष्का गरेका हुन् । 

उनीहरुले त्रिवि सेवा आयोगद्वारा संशोधित पाठ्यक्रमको ढाँचा अनुरुप प्रश्‍नपत्र हुनुपर्ने माग गरेका छन् । 

ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस केन्द्रका परीक्षार्थीले प्रश्नपत्र गैरविषयको समेटिएको भन्दै बहिस्कार गरेका हुन् । कम्प्युटर विज्ञानको विषयगत परीक्षा भएपनि सिलेबसभन्दा बाहिर गएर इलेक्ट्रोनिक्सको असम्बन्धित प्रश्नपत्र सोध्ने काम भएकाले आफूहरुले परीक्षा बहिस्कार गरेको परीक्षार्थी रमेश न्यौपानेले जानकारी दिए ।

उनले सोमबार पनि यस्तै असम्बन्धित प्रश्न सोधिएको र मङ्गलबार सोही गल्ती दोहोरिएको पाइएपछि परीक्षा बहिस्कार गरिएको बताए ।

परीक्षार्थीहरुले यो परीक्षालाई रद्द गर्दै पुन: परीक्षाको माग गरेका छन् ।


 

More form the Internet

loading...