Suvadin, Home

चाेरीकाे मोटरसाइकलसहित दुई जनालाई पक्राउ

चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। चोरीको बा५२प ९४२७ नम्बरको मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
झापाकाे बिर्तामाेडस्थित इलाका प्रहरी कार्यालयले बरामद गरेका माेटरसाइकल। तस्बिरः शुभदिन

मेलम्ची, चैत ७ – चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। चोरीको बा५२प ९४२७ नम्बरको मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। 

उक्त चोरीको मोटरसाइकल भक्तपुर सूर्यविनायक नगरपालिका–६ का राजेश सुवालको रहेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, चौतारा पठाइएको छ। 


 

More form the Internet

loading...