Suvadin, Home

Cover Image

चाउमिन खाँदा दुर्इ बालकको मृत्यु

बुबाको मृत्यु भइरहेकाले त्यी बालकहरू आमासहित ठूलो बुबा र आमाको आश्रयमा बस्दै अाएका थिए।
सांकेतिक तस्वीर

कैलाली, १ पुस – कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ। १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको चाउमिन खादा मृत्यु भएको हो। 

शनिबार बेलाैरीस्थित मामाघरमा विवाहमा सहभागी हुन गएका धनबहादुर र टेकलार्इ ठूली आमा सीतादेवी चाउमिन दिएकी थिइन्। चाउमिन खाने वित्तिकै बान्ता गर्न थालेपछि उनीहरूलार्इ बेलौरीको प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो र त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि बाँकेको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

बुबाको मृत्यु भइरहेकाले त्यी बालकहरू आमासहित ठूलो बुबा र आमाको आश्रयमा बस्दै अाएका थिए। स्थानीयवासीले ठुलोबुबा र ठुली अामाले चाउमिनमा विषादी मिसाएर हत्या गरेको हुनसक्ने अाशंका गरेका छन्। हत्याको शंकामा ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ। मृत्युको कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए।


 

More form the Internet

loading...