Suvadin, Home

पोर्चुगलमा माछा मार्नेक्रममा दुई नेपालीको मृत्यु 

काठमाडौं । माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा धादिङ थानेबास गाउँपालिका घर भइ हाल बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा छन् ।

उनीहरु समुद्रको छाल हेर्न पर्यटकको भीड लाग्ने कास्काइसको ‘बोका दि इन्फेर्नो’मा माछा मार्नेक्रममा समुन्द्रको छालमा परेका थिए ।

कमलका चार तथा सुरजका तीन छोराछोरी छन्। डेनमार्कमा केही समय बसेर उनीहरु ९ महिनाअघि पोर्चुगलमा रहेको एभरेष्ट रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

घटनास्थल पुगेका अवैतनिक महावाणिज्यदूत मकर हमालले दुबैले निषेधित क्षेत्रमा गएर माछा मारेको र दाजुलाई पहिला बगाउँदा भाइले बचाउन खोजेको र दुवैको ज्यान गएको बताएका छन् ।

दाजुको निधारमा चोट लागेको पाइएको छ। छाल हेरिरहेकामध्ये कसैले पुलिसलाई खबर गरेपछि पोर्चुगलको सामुद्रिक पुलिसले उनीहरुको खोजी गरेको थियो।


 

More form the Internet

loading...