Suvadin, Home

किशोरी बलात्कार आरोपमा दुईजना पक्राउ, तीनजना फरार

कैलाली । कञ्चनपुरकी एक किशोरी सामूहिक बलात्कारमा परेको आरोप परिवार र स्थानीयले लगाएका छन् ।  शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरीलाई पाँच जनाको समूहले शुक्रबार राति बलात्कार गरेको परिवार र स्थानीयले दाबी गरेका छन् ।

इलाका प्रहरी कार्यालय, झलारीका प्रमुख प्रहरी निरीक्षक नैन सिंह साउदले शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । 

प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा  पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक साउदले बताए ।

इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ । उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ ।

कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको १ वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।


 

More form the Internet

loading...