Suvadin, Home

धन कमाउन युएई गए, एक पटक पनि घर नफर्की संसारबाट बिदा भए

रोजगारीका क्रममा ५ वर्षअघि दुबई आएर बर्केली कम्पनीमा क्लिनरको काम गर्दै गरेका सोलुखुम्बुको सल्यान–५ नेटाका मीनबहादुर राईको सुतेकै ठाउँमा ज्यान गएको हो। गत मंगलबार दिउँसो खाना खाएर सुतेका राई ओछ्यानमै मृत भेटिएको उनका साथी योगेन्द्र गुरुङले जानकारी दिएका हुन्। उनको शव दुबईमा रहेको अल रशिद अस्पतालमा राखिएको छ।
मीनबहादुर राई।

युएई, ३ वैशाख – हृदयघातका कारण वैदेशिक रोजगारीका लागि युएई अाएका एक नेपालीको ज्यान गएको छ।

रोजगारीका क्रममा ५ वर्षअघि दुबई आएर बर्केली कम्पनीमा क्लिनरको काम गर्दै गरेका सोलुखुम्बुको सल्यान–५ नेटाका मीनबहादुर राईको सुतेकै ठाउँमा ज्यान गएको हो।

गत मंगलबार दिउँसो खाना खाएर सुतेका राई ओछ्यानमै मृत भेटिएको उनका साथी योगेन्द्र गुरुङले जानकारी दिएका हुन्। उनको शव दुबईमा रहेको अल रशिद अस्पतालमा राखिएको छ।

उनको हृदयघातका कारण ज्यान गएको अस्पतालले पुष्टि गरेको छ। उनको परिवारमा बुवा–आमा, श्रीमती, भाइ र १९ वर्षीया छोरी छिन्।

श्रीमती नरिमाया राई पनि रोजगारीको शिलशिलामा हाल मलेसियामा रहेकी छिन्। उनको शव नेपाल ल्याइदिन छोरी प्रतिमा राईले आग्रह गरेकी छिन्। राई युएर्ई आएदेखि एकपटक पनि घर नगएको छोरी प्रतिमाले बताएकी छिन्।


 

More form the Internet

loading...