Suvadin, Home

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएपछि युएईमा यात्रु अलपत्र

युएर्इबाट नेपालका लागि उड्ने जहाज समेत नेपाल नगएपछि यात्रु बिचल्लीमा परेका छन्। यूएईको शारजाह, दुबई र अबुधाबीबाट विभिन्न एयरलाइन्सले उडान भर्ने गरेका छन्। बिहीबारको टिकट लिएका स्याङ्जाका विष्णु गैरेले नेपाल फर्कन नपाएपछि आफु सहितका यात्रु थप अन्याैलमा परेको बताएका छन्।
तस्वीरर साभार: इलिट जोशी/इकान्तिपुर

रूपेश अधिकारी, युएई, ६ वैशाख – काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रन–वेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। जसले गर्दा अन्तराष्ट्रिय उडान प्रभावित भएको छ।

युएर्इबाट नेपालका लागि उड्ने जहाज समेत नेपाल नगएपछि यात्रु बिचल्लीमा परेका छन्। यूएईको शारजाह, दुबई र अबुधाबीबाट विभिन्न एयरलाइन्सले उडान भर्ने गरेका छन्। बिहीबारको टिकट लिएका स्याङ्जाका विष्णु गैरेले नेपाल फर्कन नपाएपछि आफु सहितका यात्रु थप अन्याैलमा परेको बताएका छन्।

उनी एयर अरेबियाबाट ४ वर्षमा घर जाने खुशीमा रमाउँदै एयरपोर्ट पुगेका थिए। उनले भने, 'डेढ घण्टामा हुन्छ भनेको ३ घण्टा भयो अझै उडान हुने नहुने टुङ्गो छैन। छिट्टै आफ्नै देश पुग्न पाए हुने थियो। यहाँ त अलपत्र परियो।' यो समाचार तयार पार्दासम्ममा यहाँबाट नेपालका लागि कुनै उडान हुन सकेको छैन।


 

More form the Internet

loading...