Suvadin, Home
अन्नबाली भित्र्याइएको खुसियालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौंली मनाउने प्रचलन छ। उधौंली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।
बाजागाजाका साथ उधाैंली पर्व मनाउँदै।

काठमाडौं, मंसिर १७ – प्रकृति पुजक किराँती समुदायमा उधाैंली पर्वकाे उल्लास छ। अाफूले परिश्रम गरेर रोपेको अन्नबाली घरमा भित्र्याउँदै मनाइँने उधाैंली मंसिर पूर्णिमाका दिन मनाइन्छ।

अन्नबाली प्रकृतिलाई चढाइ (नोवांगी) पूजा गरी आफूहरुले खाने र इष्टमित्र र नातागोतासँग मिलर खाँदै हर्षोलासका साथै ढोल झ्याम्टा बजाउँदै उधौली पर्व मनाइन्छ। आइतबार उपत्यका र पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ तथा विदेशमा पनि मनाइँएकाे छ। 

उधौंली पर्व नेपालको पूर्वी पहाडमा बसोबास गर्ने किराँती समुदायले मनाउने पर्व हो। यसलाई साकेला उधौंली पर्व पनि भनिन्छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट शुरु हुने उधौंली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।

अन्नबाली भित्र्याइएको खुसियालीमा मनाउने गरिन्छ। किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमाको बेला उभौंली मनाउने प्रचलन छ। उधौंली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ।

प्रकृति पुजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौंली भनेको पाइन्छ। यही उँधो शब्दबाट नै उधौंली पर्वको नामाकरण भएको बताइन्छ।

याे चाडलाई किराँत समुदायले आफ्नो मुख्य चाडको रूपमा मान्दै आएका छन्। यस उधाैंली चाडलाई लिम्बू समुदायमा चासोक तङ्नाम, किराँत राईहरूले साकेला, साकेन्वा, किराँत याख्खाहरूले चासुवा र किराँत सुनुवारहरूले फोलस्याँदर भन्छन्। उधौंली साकेला पर्वलाई न्वागी पूजा, साकेवा, साखेवा, साकेन्वा, सिमे, भूमे, फोडस्याँन्डर, उधाैंली र भूमिपूजा आदि नाम  चिनिन्छ।


 

More form the Internet

loading...