Suvadin, Home

बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ७०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३१३ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ हजार ९०८ जना पुगको छ । जसमा एकै दिन ३ हजार ७ सय ३५ जना संक्रमित भएको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुकहरु तीव्र देखिएको छ ।

बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ३७ हजार ४५५ उपचाररत छन् ।

यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ७५ पुगेको छ ।


 

More form the Internet

loading...