Suvadin, Home

संयुक्त राष्ट्रसंघीय पिबिसी सदस्यमा नेपाल निर्वाचित

नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ। उक्त पदमा नेपाल एसिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो।

काठमाडौं, ७ पुस – संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोग (पिबिसी) को सदस्यमा नेपाल निर्वाचित भएको छ। महासभा समूहअन्तर्गत नेपाल दुई वर्षका निम्ति सदस्यमा आज निर्वाचित भएको हो।

नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

नेपालले सदस्यको पदभार यही पुस १७ गतेदेखि सम्हाल्ने छ। उक्त पदमा नेपाल एसिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो।

विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसङ्घीय शान्ति कार्यदलमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौ राष्ट्र नेपाल हो।


 

More form the Internet

loading...