Suvadin, Home

चन्द्रमा जाने 'गर्लफ्रेन्ड' खोज्दै जापानी धनाड्‍य

जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जानका महिला साथीको खोजिमा छन् । 

टोक्यो । जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जानका महिला साथीको खोजिमा छन् । 

सार्वजनिक रुपमै उनले आफूसँग चन्द्रमा जान इच्छुक युवतिलाई आवेदन दिन आग्रह गरेका छन् । यस अभियानलाई प्रवद्र्धन गर्न उनले आफ्नो वेबसाइट मार्फत जानकारी दिने गरेका छन् । 

‘स्पेस एक्स' कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरेका हुन् ।

'म जीवनसाथीको खोजीमा छु', युसाकुले लेखेका छन्, 'जसलाई म अन्तरिक्षमा सँगै लैजान सकूँ, र सँगै, ठूलो स्वर निकालेर हाम्रो प्रेम र विश्वशान्तिको कामना गर्न सकूँ ।' भावी जोडीका लागि उनका केही पूर्वशर्त छन् । उनका अनुसार आवदेक महिला 'सिंगल' र २० वर्ष नाघेकी हुनुपर्छ । यस्तै‚ सकारात्मक सोच र अन्तरिक्ष यात्रामा रूचि भएको हुनुपर्छ । युसाकुले १७ जनवरीलाई आवेदनको अन्तिम मिति तोकेका छन् ।

यसअघि यस्तो यात्रामा वैज्ञानिकहरू मात्रै जाने गरेका थिए। युसाकुको चन्द्रमा यात्रा सन् १९७२ पछिको पहिलो मानव यात्रा हुनेछ।


मेजावाको अन्तरिक्षमा पुग्ने लामो समयदेखिको आयोजित सपना हो । उनी विशेष व्यक्तिसँग विशेष ठाउँमा जान चाहने भन्दै २०२३ मा उनलाई चन्द्रमा पठाइने भएको हो । 


 

More form the Internet

loading...