Suvadin, Home

वृन्दावनको निधिवनः राती जान किन मनाही छ ?

यो वनमा अहिले पनि मध्यरातमा भगवान् श्रीकृष्ण र उनकी प्रियसी राधा रासलीला गर्न आउने विश्वास गरिन्छ। रासलीलापछि निधिवन परिसरमा रहेको रंग मलहमा उनीहरु शयन गर्छन्।

काठमाडौं,१४ माघ-भारतको धार्मिक नगरी वृन्दावनको सबैभन्दा पवित्र स्थलमध्येको एक हो। यो सहरमा सबैभन्दा पवित्र स्थल मानिने निधिवन पनि एक हो।

यो वनमा अहिले पनि मध्यरातमा भगवान् श्रीकृष्ण र उनकी प्रियसी राधा रासलीला गर्न आउने विश्वास गरिन्छ। रासलीलापछि निधिवन परिसरमा रहेको रंग मलहमा उनीहरु शयन गर्छन्। अहिले पनि यो महलमा प्रतिदिन प्रसाद राखिन्छ। यतिमात्र होइन की यो वनको आसपासका घरहरुमा झ्याल पनि छैन।

रंग महलमा बिहान खाट हेर्दा राति कोही आएको र प्रसाद पनि खाएको जस्तो देखिने गरेको बताइन्छ। रातमा हुने श्रीकृष्णको रासलीला हेर्ने व्यक्ति अन्धो, अपाङ्ग, मानसिक सन्तुलन गुमाउनेलगायतका समस्याबाट ग्रसित हुने हुनाले रात ८ बजेपछि यहाँका पशुपक्षी, बाँदर, भक्त, पुजारी सबै यहाँबाट बाहिर निस्किन्छन् र मुख्य ढोकामा ताला लगाइन्छ।

निधिवनमा १६ हजार विरुवाहरु रहेका छन्। यहाँ राती १६ हजार रानीसँग श्रीकृष्ण रासलीला रच्ने गरेको निधिवन दर्शनका गाइड बताउँछन्। बिहान ५ बजेर ३० मिनेटमा रंग महलको ढोका खोल्दा राती कोही आएर बसेको जस्तो गरी सामान बिग्रेको पाइने गरेको उनीहरु बताउँछन्।

वास्तुशास्त्रीहरु भने वास्तवमा निधिवनको वास्तु नै त्यस्तै किसिमको रहेकोले केही रहस्यमयजस्तो लाग्ने गरेको बताउँछन्। 


 

More form the Internet

loading...