Suvadin, Home

जुम्लामा मतगणना सुरु, चन्दननाथमा कांग्रेस अगाडि

जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ। चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।
फाइल फाेटाे।

जुम्ला, जेठ १–  जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ। 

चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए।

पहिलो चरणमा एक सय १२ मतगणना भएको उनले बताए। जसमा नेपाली कांग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३, नेकपा(माओवादी केन्द्र) का प्रमुखका उम्मेदवार अशोक श्रेष्ठले २८ र उपप्रमुख अप्सरा ज्यौपानेले ३० मत र नेकपा (एमाले) प्रमुखका उम्मेदवार शान्तिलाल महतले १०, उपप्रमुख मेनका रेग्मी चौलागाईंले आठ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए।

त्यसैगरी नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार जयबहादुर रावलले ६७ मत, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उम्मेदवार अमृतकृष्ण आचार्यले २५ मत र नेकपा(एमाले) वडाध्यक्षका उम्मेदवार दयादत्त हमालले १३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जनाए।

गणना भएको मतमा दुई मत बदर भएको छ। जिल्लाका तीन गाउँपालिकाको मतपरिणाम सञ्चार सम्पर्क हुन् नसकेको थाहा भएको छैन। तिला, गोठीचौर, सिङ्जा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।रासस 


 

More form the Internet

loading...