Suvadin, Home

मदिरा सेवन पछि केही मानिस किन ढल्छन् ?

बीबीसी । मदिरा सेवन गरिसकेपछि प्रायःजसो मानिसहरु बहकिने गर्दछन् । केही मानिसहरु बोल्न शुरु गर्छन् भने केही मानिसहरु केही न केही गर्न थाल्छन् ।  कसैले यस्तो काम आफूले जानाजान गरेको भन्छन् भने कसैले मदिराको नशामा भएको फाइदा उठाएर मनको भडास पोख्ने काम गर्दछन् । 

त्यस्तै केही मानिस नशाको मात चढे पछि आफूलाई केही पनि याद नरहने गरेको प्रतिक्रिया दिने गर्दछन् । आमनागरिकका लागि यि कुराहरु सामान्य र मजाक लाग्न सक्छन् तर मनोवैज्ञानिकहरुका लागि यो अनुसन्धानको विषय बनेको छ । 

मदिरा सेवन गरेर बहकिनु अथवा बेहोस हुनु सामान्य कुरो हो । हालै झण्डै २० हजार किशोरमा गरिएको एक सर्भेका अनुसार २० प्रतिशत किशोर मदिरा सेवन पश्चात बेहोस हुने गर्दछन् । अंग्रेजीमा युलाई ‘ब्ल्याकआउट’ भनिन्छ । नशा बढी नै चढेको अवस्थामा मानिसहरु के गर्छन, उनीहरुका साथ के गरिन्छ भन्ने बारेमा केही स्मरण गर्न सक्दैनन । 

अमेरिकाको नेशनल इन्स्टिट्यूट अन अल्कोहल एब्यूज एण्ड एल्कोहलिज्मका प्रोफेसर आरोन ह्वाइटले आजभन्दा १५ वर्ष अघिसम्म यसलाई सामान्य कुराका रुपमा लिइने गरेको बताउनछन् । तर अहिले मदिराले सेवनकर्ताको दिमागमा असर गर्ने र उ बेहोससमेत हुन सक्ने मान्यता स्थापित हुँदै गएको उनको भनाइ छ । 

यसै कारण वैज्ञानिकहरु यसको कारण खोज्ने प्रयासमा जुट्नुका साथै मदिराको नशाले नकारात्मक रुपमा गर्ने कामको असर कम गर्ने बारेमा पनि अनुसनधान शुरु भएको ह्वाइटले बताएका छन् । 

‘ब्ल्याकआउट’ को अवस्थामा स्मरण शक्तिमा पर्ने असर र असरको परिणामका बारेमा जानकारी लिन सन् १९६० को दशकमा डोनाल्ड गुडविन नामक एक वैज्ञानिकले केही मदिराका पारखीलाई अस्पतालमा र केहीलाई जब सेन्टरमा भर्ना गरेका थिए । 

अनुसन्धानका क्रममा यस्तो नतिजा आयो .....

१) १०० जनामा ६० भन्दा बढी मदिरा पारखी मदिरा सेवन पछि बेहोस भए । 

२) अनुसन्धानका दौरान केही व्यक्तिको स्मरण शक्ति पूर्ण रुपमा गुम्यो भने केही व्यक्तिले आंशिक रुपमा स्मरण शक्ति गुमाए । 

३) केही व्यक्तिलाई मदिरा सेवन गरे लगत्तै नशा चढ्यो भने केहीमा झण्डै आधा घण्टा पछि मदिरा सेवनको असर देखियो । 

४) मदिरा पिउन शुरु गरेदेखि नशा चढ्दासम्म सोधिएका प्रश्नको जवाफ त दिए तर उनीहरुले होसमा आए पछि कुनै कुराको पनि स्मरण गर्न सकेनन् । 

५) केहीलाई भने लामो समयसम्म सोचेर केही कुराहरु याद आएका थिए । 

हिप्पोक्यापस

आधा शताब्दिभन्दा अगाडि भएको यो अनुसन्धानका आधारमा वैज्ञानिकहरु मदिराको नशामा बेहोस हुँदा मस्तिष्कको ‘हिप्पोक्यापस’ भनिने भाग केही क्षणका लागि बिग्रिने गरेको बताउँछन् । ‘हिप्पोक्यापस’ ले मस्तिष्कमा स्मरणका लागि अनेक जानकारीहरु फाइलका रुपमा एकत्रित गरेर राखेको हुन्छ । 

मदिरा सेवन ‘हिप्पोक्यापस’ सम्म जानकारी पुर्याउने मस्तिष्कका अन्य दुई भाग ‘फ्रन्टल लोब’ र ‘अमेगडाला’ पनि प्रभावित हुने गर्दछन् । ‘फ्रन्टल लोब’ मस्तिष्कको विचार बुद्धि भएको भाग हो भने ‘अमेगडाला’ ले मानिसलाई खतराका बारेमा सतर्क गराउने गर्दछ । 

भोको पेट र सुत्नुभन्दा अगाडि मदिरा सेवन गर्नु बढी घातक मानिन्छ । अल्कोहलको खतरा कति पर्छ भन्ने कुरा त्यसलाई कति छिटो–छिटो सेवन गरिदैछ भन्ने कुरामा निर्भर हुन्छ । 


 

More form the Internet

loading...