Suvadin, Home
Nepal life 2.627M

सप्तरीमा चिसाेबाट मृत्यु हुनेकाे संख्या २४ पुग्याे

इलाका प्रहरीका कार्यालय भारदहले स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको जनाएको छ। 
फाइल तस्विर।

काठमाडाैं, २८ पुस – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोकाे कारण शुक्रबार थप एक महिलाको मृत्यु भएको छ। 

इलाका प्रहरीका कार्यालय भारदहले स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीले शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जानकारी दिएकाे छ।

यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ। जिल्ला प्रशासन कार्यालयले हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ।


 

More form the Internet

loading...