Suvadin, Home

Cover Image

दाङमा खाल्डोमा डुबेर तीन महिलाको ज्यान गयो

दाङ । घोराही उपमहानगरको कुइने भन्ने ठाउँमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जनाको ज्यान गएको छ ।

आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका बेला डुबेर ३ महिलाको ज्यान गएको वडा न १८ का अध्यक्ष भरत अर्यालले जानकारी दिए । सुरुमा एक जना महिला हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई महिलाको समेत डुबेर ज्यान गएको बताइएको छ ।

डुबेर ज्यान जानेहरुमा अमृता बिक, झरना बिक र बसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।मृतकहरुलाई पोस्मार्टमका लागि घोराही लगिएको छ ।


 

More form the Internet

loading...