Suvadin, Home

Cover Image

पुरूष बैदेशिक राेजगारमा, महिला गाउँ विकासमा

नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ। सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ । 
पुल निर्माण। फाइल तस्बिर।

बाबियाचौर (म्याग्दी), २२ जेठ । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा महिलाको सक्रियतामा सडक आयोजना निर्माण भएको छ । 

साविक राम्चे गाविसको १ र २ नम्बर मा पर्ने नांगी गाउँका महिलाले सिप र श्रम प्रयोग गरेर सडक स्तरवृद्धि गरेका हुन् । फलामेडाँडा–नांगी–राम्चे सडक आयोजनाको भ¥याङबराह र झिमडाँडा क्षेत्रको सडक सोलीङ गर्ने काममा महिला परिचालन भएका उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण गर्बुजाले बताए । 

“चार सय २५ मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने कार्यमा महिला खटिएका थिए” अध्यक्ष गर्बुजाले भनिन् “डेढ सय जना महिलाले एक÷एक दिन श्रमदान र पाँच÷पाँच दिन ज्यालामा काम गरेर सडकमा ढुङ्गा बिछ्याएका हुन् ।” उक्त योजनाका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविक गाविस कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेको थियो । 

हिलोमा सवारीसाधन फस्ने समस्या भएको ठाउँमा ढुङ्गा बिछ्याएपछि सहज भएको छ । कच्ची सडकमा सवारीसाधन हिलोमा फस्ने समस्याले गर्दा आवतजावतमा कठिनाइ भएपछि गाउँका सबै महिला मिलेर सडक निर्माण गरेको उपभोक्ता समितिका सचिव माया पुनले बताए। 

बाहिरबाट मजदुर ल्याउँदा भनेको बेला काम नहुने, बजेट फिर्ता हुने र गुणस्तरीय काम नहुने भएपछि महिला अग्रसर भएका पुनले जानकारी दिनुभयो । उनीहरुले सुरु गरेको एक महिनाभन्दाअघि नै काम सम्पन्न गरेका छन् । आयोजनाबाट स्थानीयले रोजगारी समेत पाएका छन् । 

सडक निर्माणका क्रममा महिलालाई गाउँका पुरुषले पनि साथ दिएका थिए । पुरुष रोजगारीका लागि विदेश र सहरमा गएकाले नांगीमा सञ्चालन हुने खानेपानी, सडक, भवन निर्माणलगायतका योजनामा महिलाको सहभागिता बढी हुने गर्छ । 

अन्नपूर्ण–८ का वडा सचिव कृष्ण विश्वकर्माले नांगीका महिलाको सक्रियतामा सम्पन्न सडक आयोजना नमुनायोग्य भएको बताए। गत वर्ष पनि फलामे डाँडा नांगी राम्चे सडक आयोजनाको काम महिलाकै सक्रियतामा भएको थियो । रासस 


 

More form the Internet

loading...