Suvadin, Home

पर्यटकलाई आकर्षित गर्न सम्पदास्थलमा सरसफाइ

सांसद जीवनराम श्रेष्ठले सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर र स्वयम्भू दुबै क्षेत्रलाई सम्पदा पैदल मार्गका रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। 

काठमाडौं, १२ माघ – सम्पदा संरक्षण समाजले भीमसेनस्थान र वरपर क्षेत्रका मन्दिर तथा सम्पदास्थलमा शुक्रबार सरसफाइ गरिएको छ। स्थानीय सम्पदा संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सो क्षेत्रमा सरसफाइ गरिएको हो। 

सांसद जीवनराम श्रेष्ठले सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर र स्वयम्भू दुबै क्षेत्रलाई सम्पदा पैदल मार्गका रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। 

हाम्रो पूर्वजका मेहेनतले सिर्जना भएका सम्पदाले अहिले नेपाल र नेपालीलाई विश्वमा गौरब बढाएको उल्लेख गर्दै उनले सम्पदालाई स्थानीय, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियको रुपमा वर्गीकरण गरी त्यसलाई प्राथमिकताका आधारमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रदेश सांसद राजेश शाक्यले विगतमा भूकम्पका कारण उक्त क्षेत्रका अधिकांश सम्पदास्थल कमजोर अवस्थामा रहेकाले त्यसलाई चाँडो मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। 

समाजका अध्यक्ष सरोज सायमीले प्राचीन समयदेखिका इनार, कुवा, मठ मन्दिरलगायत सम्पदास्थल रहेको सो क्षेत्रलाई सुन्दर र सफा गरी व्यवस्थित गर्न स्थानीयवासीको अग्रसरता चाहिने बताएका छन्।


 

More form the Internet

loading...