Suvadin, Home
Nepal life 2.241M

अाज विश्व जनसंख्या दिवस मनाइदैँ

जनसंख्या दिवसका अवसरमा शुभकामना प्रदान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताएका छन्। मन्त्री अधिकारीले  देशले युवा लक्षित लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्ने बताए।
सांकेतिक तस्वीर

काठमाडाैं, २७ असार - प्रत्येक वर्ष जुलाई ११ को दिन संसारभर विश्व जनसंख्या दिवस मनाउने गरिएको छ। त्यस्तै नेपालमा पनि अाज विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइदैँछ। 

नेपालमा 'युवामा लगानी गराैं' भन्ने मुल नारा सहित विश्व जनसंख्या दिवस मनाइदैँछ। यस  दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सम्बन्धी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम अायोजना गरेको छ। 

जनसंख्या दिवसका अवसरमा शुभकामना प्रदान गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताएका छन्। मन्त्री अधिकारीले  देशले युवा लक्षित लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्ने बताए।

विश्वमा १० देखि २४ वर्ष उमेर समुहका मानिसहरूलार्इ  युवा मानिन्छ। नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ।


 

More form the Internet

loading...