Suvadin, Home

किरात सभ्यताको संरक्षण गर्न विश्वकै अग्लो प्रतिमा निर्माण गरिने

उनका अनुसार नगरपालिकाको अगुवाइ र प्रदेश नं १ सरकारको साझेदारीमा ३२ रोपनी जग्गामा १०० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण गर्न लागिएको हो। यलम्बर प्रतिमाको लागि डिपिअार पनि तयार भइसकेको स्रोतले जनाएको छ।

खोटाङ, १३ मंसिर – किरात सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि विश्वकै अग्लो प्रतिमा सहितको पार्क निर्माण गर्न लागिएको छ। किरात सभ्यताको संरक्षण र पर्यटकहरूलार्इ अाकर्षण गर्न खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुइपामा विश्वकै अग्लो यलम्बरको प्रतिमा निर्माण गर्न लागिएको हो।

किरात राई यायोक्खाका महासचिव जीवन हाताचो राईले यलम्बरको प्रतिमा निर्माणका बारेमा नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विनादेवी राई, वडा नं १४ का अध्यक्ष दिनेश राई र यायोक्खाका पदाधिकारीहरुबीच यस प्रोजेक्टको विषयमा बुधबार छलफल भएको काेटेश्वरस्थित यायाेक्खा कार्यालयले जनाएको छ।

उनका अनुसार नगरपालिकाको अगुवाइ र प्रदेश नं १ सरकारको साझेदारीमा ३२ रोपनी जग्गामा १०० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण गर्न लागिएको हो। यलम्बर प्रतिमाको लागि डिपिअार पनि तयार भइसकेको स्रोतले जनाएको छ।

महासचिव राईले यलम्बरको प्रतिमाको अोरिपरि किराती सांस्कृतिक बिम्ब झल्किने स–साना अन्य प्रतिमाहरुसमेत निर्माण गरिने र यलम्बर पार्क नाम दिइने जानकारी दिएका छन्। उनले यस प्रतिमाको रंग र नक्सा तयारबारे छलफल पनि भइसकेको बताएका छन्।

नगरपालिकाका मेयर रिजालले यायोक्खाका प्रतिनिधिहरुसँग यस प्रोजेकटका लागि सुझाव दिन आग्रह गरेका छन्। बैठकमा यायोक्खाका तर्फबाट पूर्वअध्यक्ष तथा सल्लाहकार यशोदा राई, सल्लाहकार दुर्गा राई, चन्द्रविक्रम राई, मनिकुमार राई, यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, उपमहासचिव जनक राई, भिम राईलगायत थिए।

त्यस्तै यलम्बरको नक्सा फोटो निर्माण गरी पेस गर्नका लागि यायोक्खाका महासचिव राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। उक्त समितिमा उपमहासचिव जनक राई र भिम राई पनि सदस्य छन्।


 

More form the Internet

loading...