Suvadin, Home

विश्वकप छनोट : नेपाल कुवेतसँग ७-० गोलले पराजित 

काठमाडौं । फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । 

शनिबार भएको खेलमा नेपाल कुवेतसँग ७-० गोल अन्तरले पराजित भएको हो ।  कुवेतको जविर अल अहमेद इन्टरनेश्‍नल मैदानमा भएको खेलको पहिलो हाफमा २–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको हो । 

कुवेतका लागि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको १३ औँ मिनेटमा फहाद अल हजेरीले गोल गर्दै केवेतको अग्रता दोब्बर पारे । 

खेलको ५० औँ मिनेटमा नासिरले व्यत्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० गोलको अग्रता दिलाए । कुवेतका लागि अब्दुल्हा मोहीले खेलको ५९ औँ मिनेटमा गोल गर्दै कुवेतलाई जिततर्फ अगाडी बडाए । 

खेलको बडेर अल मुटवा ६७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाए । निकैनै आक्रमक भएको कुवेतका लागि खेलको इन्ज्यूरी समयमा रेड हनीले गोल गर्दै कुवेतलाई ६–० को अग्रता दिलाए । हुसेन अल मुसावीले गोल गर्दै ७–० गोलको सहज जित दिलाए ।  

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।


 

More form the Internet

loading...