Suvadin, Home

चिनियाँ राष्ट्रपति सीलाई गार्डअफ अनर सम्मान अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल पुगेका चीनका राष्ट्रपति सी चिनफिङलाई सम्मान गारत (गार्डअफ अनर) अर्पण गरिएको छ ।

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निम्तोमा नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल पुगेका चीनका राष्ट्रपति सी चिनफिङलाई सम्मान गारत (गार्डअफ अनर) अर्पण गरिएको छ ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले गार्ड अफ् अनर प्रदान गरेको हो ।

भारतको चेन्‍नईबाट दुई बजेका लागि उडेका राष्ट्रपति सी उत्रेलगत्तै राष्ट्रपति भण्डारीले स्वागत गरेको र त्यसपछि सीको सम्मानमा नेपाली सेनाबाट गार्ड अफ अनर अर्पण गरेको थियो । 

राष्ट्रपति सी विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितको चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन् ।


 

More form the Internet

loading...